Friday, January 12, 2024

मिश्रमा बिपत्ति किन? ( प्रस्थान ७:१-७)

प्रस्थान अध्याय ७ मा परमप्रभुले उहाँका चिन्हहरु र आश्चर्यकर्महरुद्धारा इस्राएलीहरुलाई मिश्रबाट निकाल्ने योजना बनाउनुहुन्छ 

किन परमेश्वरले मिश्रमा बिपत्तीहरु ल्याउन भयो होला? यो प्रश्नले हामीलाई मिश्रको बारेमा केहि जानकारी दिन्छ भने, इस्राएलीहरुको निम्ति परेमश्वर वास्तवमा को हुनुहुन्छ भन्ने कुरा देखाउदछ। अध्याय ७-११ सम्म उल्लेख गरीएका बिपत्तीहरु मिश्री देवीदेवताहरुसँग सम्बन्धित थिए । जस्तैः नील नदी मिश्रीहरुको प्राण वा ओस्रिस देवताको निम्ति पवित्र, भ्यागुता- हेका देवताको शिर, भुसुना-जमिनको देवता, झीँगा- रे वा सुर्य देवताको प्रतिक, साथै  जेठो छोरा- जसलाई देवताको सेवाको निम्ति अर्पण गरिन्थ्यो ।

यसले एउटा सन्देश के दिन्छ भने म हुँ जो म हुँ परमप्रभु सबै देवीदेवता भन्दा महान हुनुहुन्छ भन्ने कुरा को संदेश दिन्छ । यो केवल फारो र मिश्री अधिकारीहरुको लागि मात्र नभएर छुटकाराको निम्ति बोलाईएकाहरुका इस्राएलीहरुका निम्ति पनि थियो।

आज हामीले परेमश्वरलाई कसरी हेरिरेहकाछौं। परमेश्वर प्रतिको हाम्रो दिष्टिकोणले नै हामीले गर्ने आराधना निर्धारण गर्दछ। अब इस्राएलीहरुले परेमश्वरलाई कसरी आराधना गर्नुपर्छ होला? अब इस्राएलीहरुले परमेश्वरलाई कुन दृष्टिकोणले हेर्नुपर्छ, एकछिन विचार गरौं ।

Tuesday, May 23, 2023

नेपालका मण्डलीहरुलाई खुला पत्र

 २३ मे २०२३

 

आदरणिय मण्डली-अगुवा ज्यूहरु,

ख्रीष्ट्य अभिवादन र जयमसिह! 

 

विषयः समसामयिक विषयलाई मध्यनजर गरीदिनुहुन बारे!

 

मलाई आशा छ यो पत्रलाई तपाईहरु सबैले कुनै पनि पुर्वाग्रह नराखी मनन गरीदिनुहुनेछ । मेरो प्रार्थना र बिन्ती यही छ कि हामीहरु सबैलाई यस पत्रमा उदृत गरिएका प्रश्नहरुले सोच्न बाध्य बनाएको होस् ।कति पटक वास्तविकतालाई आफुमा मात्र राख्दा र जगजाहेर गर्नबाट चुक्दा इतिहासले सधै दोष देला भन्ने डर हुदोरहेछ ।त्यहि दोषको बोझ नबोक्ने मनका साथ केहि धरातलिय यथार्थहरुलाई हामीहरु सबैले महशुस गरौं, र परमेश्वरको मार्गदर्शन खोजौं भन्ने आशाका साथ यो खुला पत्र लेख्दैछु । यी सबैकुरा भन्दै गर्दा मण्डलि अगुवाहरूको प्रार्थना, दर्शन र परमेश्वरको अनुग्रहको वस्तुमय प्रमाणहरू भनेका नै  गएका ७० वर्षको इतिहास हो भन्दा फरक नपर्ला र यस वास्तविकतालाई मलै पनि  स्वीकार गरेको छु । तर पनि अबको भावी रणनिती र बाटो के र कसरी भन्ने प्रश्न गरिरहदा, हाम्रो वर्तमानको धरातलिय सोचलाई सबै मिलेर वचनको प्रकाशमा हेर्ने कि भनि प्रश्न गर्न चहान्छु ।

 

१.   येशूको मिशनः

येशूको राज्यको मिशनलाई आज मनन गर्नु अपरिहार्य भएको छ । वचनको कामको प्रभाव न त पुरानो करारमा, न त नया करारको समयमा नै परीवर्तन भएकोछ । यदि केहि कुरा परीवर्तन भयो भने हाम्रो साधन, श्रोत र माध्यमहरु भने अवश्य परीवर्तन भएका छन् । वचन त आज पनि त्यहि हो, र यसले आफ्नो काम गरेर नै छोड्छ । तर आज हामीले सोचेको र व्यावहारमा ल्याएको मिशनले हामीलाइ घच्घचाएको हुनुपर्छ ।म यो लेख्दै गर्दा बडो बोझ र जिम्मेवारी महशुस गरी मनमा प्रार्थनाका साथ यी शब्दहरू कोर्न पुगेको छु । हामीले परिभाषित गरेको मिशनयेशु र प्रेरितहरुले परीभाषित गरेको मिशनमा फरक देख्छु । गएको धेरै समय देखि हाम्रो सोच र ध्यान येशूको मिशनको कार्य भन्दा पनि कता कता हामी नेपालि मण्डलीहरु कसरी श्रोत र आवश्यकताको परिपुर्ति गर्न सकिन्छ भन्ने कुरामा अलि बढी जोड दिइरहेको महशुस गरीरहेको छु । मलाई मर्कूस १० अध्यायले पटक पटक ढ्कढकाउछ जहाँ चेलाहरूले बुझेको मिशन: हामी जे चाहन्छौ र येशूले सिकाउन खोज्नु भएको मिशनमाः सेवा गर्न र धेरैका निम्ति आफ्नो जीवन दिन ठुलो धरातलिय भिन्नता पाउन सकिन्छ । येशूको मिशनको व्याख्या त ४५ पदमा आएर छर्लङ्ग हुन्छ । आज कतै हामी याकुव र यहुन्नाको मिशनकै परिभाषामा रुमलिरहेका छौ कि? यो प्रश्न आज म आफैसँग पनि गरिरहेको छु ? यो त केवल मेरो मात्रै सोच हो कि भनेर मैले आफैलाई दोष दिइरहेको थिए । तर अहँ, रहेनछ । यहि अवस्थामा मैले केहि यस्ता मण्डलीका सदस्यहरुलाई पनि भेटे जसले मिशनको वास्तविकता बुझ्न संघर्ष गरीरहनुभएको छ । सायद मण्डली कमिटीले वार्षिक योजना पक्कै पनि तयार गर्नुभएको होला (म त यसमा अनविज्ञ नै छु)! हाम्रा वार्षिक योजनामा मिशन सम्बन्धिका कति योजनाहरुलाई प्राथमिकता दिईयो र त्यसमा हाम्रो श्रोतहरूलाई कसरी परिचालन गर्यौ ? यसको समिक्षा पक्कै पनि तपाईहरुले गर्नुभएको नै होला । मण्डली भन्ने शब्दले यसै वास्तविकतालाई भन्दछ कि हामी संसार देखी बोलाईएकाहरु फेरि संसारमै मिलापको सेवा गर्नेहरुको झुण्ड हौं (Called to be “in” the world but not “of” the world-John 15:19) । तसर्थ बदलिदो परिस्थितिमा येशूको मिशनलाई हामीले कसरी लगिरहेकाछौ?। आज हामीलाई पहिलो शताब्दिको मिशन इतिहासले छिट्टै नै झस्काएको होस् ।  

२. देशमा आर्थिक मन्दीः  परेमश्वरको चमत्कारमा म रत्ती भर पनि शंका गर्दिन । तर वास्तविकतालाई नजारअन्दाज गर्नु पर्छ भन्ने कुरा पनि म त्यत्तिकै विश्वास गर्दिन । तर विश्वले भोगिरहेको वास्तविकतालाई हामीले भावनामा उडाउनु पक्कै हुदैन् । मन्दी भन्नाले कुनै पनि चिज लामो समयसम्म सुस्त हुनु हो । देशको अर्थव्यवस्था धेरै समयसम्म सुस्त भयो भने यसैलाई आर्थिक मन्दी भनिन्छ । देशको अर्थव्यवस्थामा लगातार दुईतिहाइले जीडीपी ग्रोथ घटिरहेको अवस्थालाई प्राविधिक रूपमा मन्दीको नाम दिइन्छ । अझै सजिलो शब्दमा भन्दा अर्थव्यवस्था बढ्नुको साटो घट्छ र यो घटेको घट्यै जान्छ भने देश आर्थिक मन्दीमा पुग्यो भनेर बुझ्दा हुन्छ । र अहिलेको वास्तविकता यही हो । गत वर्षको तुलनामा नै देशको राजस्व असुली १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँले कम छ । यसकै कारण चालु आर्थिक वर्षको देशमा खर्च व्यवस्थापन गर्न र अर्को वर्षको बजेट बनाउन सरकारलाई सकस भईरहेको अवस्था छ (onlinekhabar.com)।  देशको अर्थतन्त्र कता गईरहेको छ भन्नेकुरा कृपया गरी अगुवाहरूले पढीदिनुपर्यो। यसै प्रसङ्गलाई हेर्दै गर्दा हाम्रो भौतिक संरचना निर्माण गर्ने कार्यलाई अब फेरी मुल्याङ्कन गर्ने बेला आएकोछ ।याद रहोस कि विश्व मण्डलिको ९५% भन्दा बढी श्रोत अचल सम्पत्तीमा नै अड्किरहेकोछ । मिशनको कार्यमा त ३% भन्दा पनि कम हुने गर्दछ । यो छ हाम्रो विश्व मण्डलीको कहालिलाग्दो अवस्था!  अहिलेको मन्दीको अवस्थामा कयौ परीवारमा चुलो नबल्ने समस्या कथा नभई वास्तविकता हुनेवाला छ । कति परीवारहरू महिनाको ७०००-८००० तिरेर औषधि किनेर खाने अवस्थामा छन् ।मजदुरी गरेरे परिवार पाल्नेहरु अब काम नपायर अतालिई रहनुभएको छ । बैकको ब्याज तिर्न नसकेर तल्लाघरे माईलादाईको घर बैंकले लिलाम गरीदियो रे । बेसीको कान्छो पनि पोहोरसालको ऋण तिर्न नसकेर मलेशिया तिर हानिएछ । यस विषम परिवेशमा त मण्डली आवश्यकतामा परेका हरुको दुख बाड्ने झुण्ड हुनुपर्ने होईन र ! तर हाम्रो ध्यान र मन केमा समिक्षा गरौं न।  यहि वास्तविकता प्रेरितको किताब हामी सबैले पढेका नै छौं –बाडंचुड गर्ने कुराको वास्तविकता । तर आज त्यो एकादेशको कथा जस्तो हुनलागिसक्यो? यहि अकाट्य यथार्थहरूका बीचमा बिगत दिनहरुमा कता-कता मण्डलीमा आर्थिक विषयवस्तुलाई हरेक शनिवारमा अलि ज्यादा सुचना गरिएन र ? त्यसलाई एकैछिन मण्डलिका अगुवाहरूले विचार गरीदिए कति अतिशयोक्ति हुनेथियोहोला । यस्तो परिस्थितिमा मण्डलीको आर्थिक कुरालाई लिएर पटक-पटक मण्डलिमा भनिरहुनु उपयुक्त होईन कि भन्ने मेरो सानो बिन्ति यहाँ निर राख्न चाहे ।

 

३. शिक्षाको आवश्यकताः हामी मिलेर इमान्दारी पुर्वक विचार गरौं। हाम्रो मण्डलिका प्रचारका विषय बस्तुहरुकै कुरा गर्दा के कुरामा जोड दिनुपर्छ होला । बसेर समिक्षा गर्ने बेला आएको छ!  हाम्रो मण्डलीमा वचनको शिक्षामा कति लगानि गरेका छौं ? कति प्रतिशत श्रोत हामीले वचनको शिक्षामा खर्च गरेका छौ? एकैछिन हामी यस विषयमा मनन गरौं न।  मण्डलिको वृद्धिको पछाडी वचनको शिक्षाको भुमिका उत्तिकै हुन्छ । यदी हामी लाखौ रकम भौतिक थोकमा गर्नसक्छौ भने पक्कै पनि त्यहि अनुपातमा वचनको शिक्षामा गर्नसक्छौ । तर के ले हामीलाई रोकिरहेको छ? यो प्रश्न हामी सबैका निम्ति हो । इतिहासमा मण्डलीका शहिदहरुले वचनको शिक्षाको चर्चा गर्दा त्यसबेलाको मण्डलीले विरोध गरेको हामी कसरी भुल्न सक्छौं? तर विक्लिफ, हस र लुथरहरूले हरेश खाएनन् । उनीहरुले रोमन क्याथोलिक मण्डलीको साम्रज्य र मानविय शक्तिको अगाडी वचनको सत्यता घोषणा गरी नै रहे । यद्दपी ख्रीष्ट्यन धर्म भन्ने समुहले त्यसको विरोध नै गर्यो तर पनि उनीहरुले वास्तविकता भन्न र लेख्न छोडेनन्।  सबै श्रोत वचनको प्रचार र शिक्षामा व्यतित गरे । जसको उत्तर नै तपाई र हामीहरु हौं, र आफैलाई हामी वचनको रक्षक वा प्रोटेस्टन्ट भन्ने अवसर पाएकाछौं । आज हाम्रो उत्सव, रमाहट क्रममा कतै कसैको चुला-बत्ती नै बल्न आफ्ठ्यारो भईरहेको छैन ? हामी सबैले सोचौं । यो भन्दै गर्दा म आफै पनि त्यत्तिकै नै जिम्मेवार छु । तसर्थ यदि मण्डलीको भविष्य हेर्ने हो भने अरु भौतिक थोक भन्दा हामीले ख्रीष्टको मिशन र वचनको शिक्षामा लगानि गर्नै पर्छ।

परेमश्वरले हामीहरू सबैलाई सहायता गर्नुभएको होस् ।

 

 

हर्के

सुर्खेत

Friday, April 7, 2023

The Lord is my Shepherd: Motto

 As I am finishing the first chapter of this book, two examples have stood out as highlights. I want to focus on the topic of university education and the problem of human reasoning that discards divine revelation. This is a problem in today's educational system, and that is what the West is currently struggling with. We have narrowed down the gospel and missed our obligation to disciple the nations by spreading the knowledge of God as widely as possible (Isaiah 11:1-9).

We often aspire to attend prestigious universities like Harvard, but we sometimes forget the legacy of God's word that those universities were built upon. Take Harvard's motto, "Veritas Christos et cclesiae" for example, which translates to "Truth for Christ and the Church." The term "Church" is often understood on a religious level, forgetting the fact it refers to a community that walks in the light of Christ and reflects Him in the community and society they live in - this is what "Veritas" means. Unfortunately, over time we have lost sight of the truth that the Bible teaches and have instead preached a Christianity that is mostly layered with religious stigmas. Very sad though!

It would also be interesting to read about the history behind the term "Prime Minister." Did you know that the University of Bologna, run by monks, taught Law because the church had already established Europe's best, most trusted justice system? We need the Lord's wisdom to comprehend the truth -"Veritas." It is also surprising to learn about the tragic confrontation that occurred at Oxford University on October 16, 1555. Several priests and Bishop Stephen Gardiner gathered around the street to watch as reformers Bishop Latimer and Bishop Ridley burnt at the stake simply because they stood up for the truth - "Veritas." Following their deaths, Oxford University underwent a transformation, rejecting intellectual darkness and embracing Psalm 27:1, "Dominus illuminatio mea" ("The Lord is my light") as its motto. Yes, as Psalm 119:130 tells us, the unfolding of God's words gives light and understanding to the simple.

 

Monday, January 31, 2022

आजको मनन ( २ इतिहास १८)

३१ जनवरी, २०२२

 

सत्य मानिसको निम्ति प्रायजसो तितो लाग्ने गर्छ कसैले हाम्रो बारेमा सत्य तर सुधारको निम्ति केहि कुरा भनिदियो भने हामीलाई अपच्य हुन्छ त्यसैले त्यस्तो कुरा गर्ने मानिससँग हामी नजदीक हुन पनि चाहदैनौं आउनुहोस् इतिहास १८ अध्यायको घटनालाई मनन गरौं

सल्लाहकारको भुमिका अति नै महत्वपुर्ण हुन्छ?  हामीले को सँग सल्लाह लिन्छौ भन्ने कुराले हाम्रो जीवन निर्धारण गर्छ एकपटक इस्राएलका राजा आहाबले रामोत-गिलादमाथि आक्रमण गर्ने विचार गरे यहोशापातले आफ्नो संस्कृति वा चरित्र अनुसार आहाब राजालाई पदमा भनेका छन् - पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्तर आहाबले कसबाट  सल्लाह लिने हो भन्ने कुरा पहिला नै मनमा विचार गरीसकेका थिए  ती थिए- ४०० जना अगमवक्ता- जसले सत्य होईन तर राजालाई खुशि पार्ने कुरा भन्दथे राजा त्यसैमा प्रसन्न थिए आजभोलि हाम्रो समाजमा पनि यसो हुने गर्दछ मानिसलाई मन पर्ने कुरा भनिदियो भने उसले त्यसैलाई मन पराउँछ हामी हरु प्राय साँचो कुरा भनेर अरुहरुलाई चित्त नदुखाउ भन्ने संस्कृतिमा जीवन गुजारीरहेकाछौं ती ४०० जना अगमवक्ताले राजालाई खुशि पार्ने हेतुले उनलाई लडाईमा जान उक्साए आज हाम्रो मण्डली ख्रीष्ट्यन विश्वासमा पनि यस्तै अगमवक्ताहरु छैनन भन्न सक्दैनौं हामीले अगमवक्ताको संदेशलाई अगमवक्ताको जीवनसँग दाजेर कहिल्यै हेरका हुदैनौं कति जनाले आफुले नदेखेको नभेटको व्यक्तिलाई युट्युब टिभिमा उसले भनेका अगमवाणी सुनेकै भरमा पुरै ध्यान त्यस व्यक्ति तर्फ लगाएका हुन्छौं मित्रहरु, अगमवाणीहरु जीवनबाट पुष्टि भएको हुनुपर्छ टिभि युट्युबको अगमवाणि भन्दा समाज संसारले नजानेका मिकाया जस्ता व्यक्ति जसको जीवनले वचन जीईरहेको हुन्छ, त्यसको आवाज सुन्नु आवश्यक यद्दपी त्यसले हामीलाई किन नघोचोस्

 जे होस् यहोशापातको सल्लाह मानेर राजा आहाबले मिकाया अगमवक्तालाई पनि बोलाउन लगाए मिकाया अगमवक्ताले राजा आहाबले सोचे बमोजिम नै ४०० अगमवक्ताले भनेको भन्दा भिन्न अगमवाणी गरे - अर्थात इस्रायलको राजा त्यहाँ अवश्य मारिनेछ सत्य अगमवाणी राजा आहाब ती ४०० जना अगमवक्तलाई पचेन सत्य बोलेकोमा मिकायाले के पाए ? २३ पदमा यसो लेखिएको - तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्पड़ दिए २५ २६ मा लेखिएको मिकाया लाई पक्र कैदखानामा राख, कुशलसित नआउञ्जेल त्यसलाई रोटी पानीबाहेक अरू केही नदेओ

मित्रहरु! यो समाजलाई आज सत्यको खाँचो संसारलाई यो पच्दैन  कतै हामीलाई पनि पच्न छोडिसक्यो कि? आज मण्डलीको जिम्मेवारी पनि हो कि हामी सत्य इमान्दारीताको संस्कृतिको सृजना विकास गरौं तर के हामी सत्य बोल्न हिच्किचाउछौ कि? एक पटक विचार गरौं